Skip to main content

नारायण गोपालका सबै गीतहरु 4

१ (अ-अ:), २ (क-ङ), ३ (च-ञ), ४ (ट-ण & त-न), ५ (प-म), (य-ज्ञ)

 ट ठ ड ढ ण & त थ द ध न (12)

तिमि जुन रहरले / Timi Jun Raharle Ma Ma Fulna 

➤ Singer –  Narayan Gopal 

➤ Music – Dibya Khaling

➤ Lyrics – Dinesha Adhikari


तिमी जुन रहरले म मा फुल्न आयौ, सबै सुख हराए, सधैँ चोट पायौ

म डुब्दो किनारा कहाँ हाँस्न सक्नु ?, व्यर्थै तिमीले मेरो हात समायौ


बैँसालु तिम्रा ती रहरहरूमा, न मैले कहिल्यै हरियाली कोरेँ

राताम्य तिम्रा ती अधरहरूमा, न मैले कहिल्यै खुसियाली पोतेँ

र, सायद रिसायौ तिमी भित्रभित्रै, न भित्री तिम्रा खुल्दुली सोधेँ


रुझे हुन् ती तिम्रा पलक र आँखा, मसँग कहिल्यै इशारा नबोल्दै

रुखे हुन् ती तिम्रा यौवन र भाखा, मसँग कहिल्यै निःश्वास नखोल्दै

र, सायद सराप्यौ सबै बैँसलाई, जो शून्यतामा बिलाए मजस्तै


तिमीलाई म के भनुँ / Timilai Ma K Bhanu

➤ Singer –  Narayan Gopal

➤ Music – Deepak Jangam

➤ Lyricist – Deepak Jangam


तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ

उपमा धेरै म के देउँ, तिमीलाई मनकी मायालु भनुँ


फूल फुलेको मौसममा, यो साँझको शीतल वातावरणमा

यो मनलाई कसरी सम्हालुँ म, नपिई बेहोश-बेहोश भएँ म

कहिले नछुट्ने नशा भनुँ कि, फूल भनुँ कि जून भनुँ


केही झुके-झुकेका नजर, केही बोल्न खोज्दा काँपेका अधर

दुई आँखाका गहिरा ताल बीच, नसकी तर्न, डुबें डुबें म

कहिलै नछुट्ने तृष्णा भनुँ कि, फूल भनुँ कि जून भनुँ


तिमीलाई भुल्दा / Timilai Bhulda

➤ Singer –  Narayan Gopal

➤ Music – Dibya Khaling

➤ Lyricist – Kanchan Pudasaini


तिमीलाई भुल्दा म एक्लो परेछु | 

तिमीलाई सम्झेँ, तिमी साथ आयौ

कुनै चिज मिठो म खोजिरहेथेँ | 

म सोचिरहेथेँ, तिमी याद आयौ


उज्यालो बढेझैँ भयो आज झनझन | 

उज्यालो त मुस्कानले बढ्छ भन्छन

कि मै लाई सम्झी तिमी मुस्कुरायौ | 

कि आयौ तिमी, चादनी रात आयो


कुनै चिज मिठो म खोजिरहेथेँ | 

म सोचिरहेथेँ, तिमी याद आयौ

तिमीले पनि सम्झिएकी भए लौ | 

चुम्यौ चाहनाले अझै मन परायौ

मलाई भुलेकी भए के भनु खै | 

तिमी हर्ष आयौ कि, विश्मात आयो


तिमीले भनेका सारा देव / Timile Bhaneka Sara Deb Chhoyera

➤ Singer –  Narayan Gopal

➤ Music – Shambhujeet Baskota

➤ Lyrics – Bishwombhar Pyakurel


तिमीले भनेका, सारा देव छोएर

म.…किरिया खान, कहाँ सक्छु र

यदि मान्छौ भने म, तिम्रै देव भनेर ,

म त खाइदिन्छु कसम, आफैलाई भाकेर


तारालाई साछी राखेर, बाचा नै कहिले खाएथे

पानीमा औला चोपेर, सन्धी नै कहिले गरेथे

अनि बाध्यताको के कुरा, पाप धर्मको के कुरा

विश्वास गर, भन्छौ भने, अविस्वास नै कहिले गरेथे


रातभर तिमी रोइदिंदा, रोएथे म केहि बेर

केहि बेर तिमी हाँसीदिंदा, हाँसेथें म धेरै बेर

अनि पौरुषताको के कुरा, चौडा छातीको के कुरा

सुखमा हाँस भन्छौ भने, दुखमा कहिले रोएथे


तिमीले पनि म जस्तै / Timile Pani Ma Jasti Maya Diyera Hera

➤ Singer –  Narayan Gopal 

➤ Music – Bhim Birag

➤ Lyrics – Bhim Birag


तिमीले पनि म जस्तै माया दिएर हेर

मायालुको सम्झनामा आफूलाई बिर्सीहेर


सुनसान रातसँगै एकान्त भएर हेर

सागरको लहर जस्तै आशाक्त भएर हेर

आँशुका थोपा जस्तै भुईँमा खसेर हेर

मायालुको सम्झनामा आफूलाई बिर्सिहेर


पूजा फुल जस्तै दिन दिन मरेर हेर

ढुँगाको मुर्ति जस्तै दोबाटोमा बाँचीहेर

छातीमा एउटा घाइते मुटु बोकेर हेर

मायालुको सम्झनामा आफूलाई बिर्सिहेर



तिमि एक फुल हौ भने/ Timi Ek Phool hau Bhane

➤ Singer – Narayan Gopal, Aruna Lama

➤ Music – Gopal Yonjan

➤ Lyrics – Gopal Yonjan


तिमी एक फूल हौ भने म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका हामी एक मधुर राग
तिमी एक फूल हौ भने म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका हामी एक मधुर राग

मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन
युगौं म फुल्न सक्दछु, म पाउन यो मीलन
तिमीलाई पनि फकाउने, मेरो प्रेम नै महान

एकदिन मलाई लाग्दछ सव थाम्न सक्छु म
तिम्रो वाटो भरी आफुलाई, तेर्साउन सक्छु म
मेरो प्यार मेरो प्राण भए, तिम्रो प्यार हो बलिदान


तिमि देख्दा रहर होला जागेर आउछ / Timi Dekhda Rahar Hola Jagera Aaunchha

➤ Singer –  Narayan Gopal & Dil Maya Khati

➤ Music – Gopal Yonjan

➤ Lyrics – Nagendra Thapa


तिमि देख्दा रहर होला जागेर आउछ

त्यसै त्यसै जिन्दगि मेरो जागेर आउँछ


तिमि देउ या नदेउ / Timi Deu Ya Nadeu

➤ Singer – Narayan Gopal & Meera Rana

➤ Music – Gopal Yonjan

➤ Lyrics – Gopal Yonjan

तिमि देउ या नदेउ तिम्रो मायाँ,

मैले मन तिमीलाई बाँडि सकेँ मलाई देउ या नदेउ तिमि स्वीकृति,

मैले मनमा तिमीलाई राखी सकें


तिम्रो जस्तो मुटु मेरो पनि / Timro Jasto Mutu Mero Pani

➤ Singer – Narayan Gopal

➤ Music – Karma Yonjan/Gopal Yonjan

➤ Lyrics – Gopal Yonjan


तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि

नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि


तिमीलाई अंगाली कताकता, भागीजाने धोको मेरो पनि

तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि

दुई प्रान एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि

नबोलाऊ मलाई...


देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि

पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि

रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि

नबोलाऊ मलाई...


तिम्रो मनमा लुकेका कुरा / Timro Manma Lukeko Kura

➤ Singer – Narayan Gopal / Asha Bhosle,

➤ Music – Ranjit Gazmer

➤ Lyricist – Tulsi Ghimire

(Movie: Chino, 1991)


तिम्रो मनमा लुकेको कुरा नभने पनि भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो सम्झना छेक्छ एकान्तमा निन्द्रामा सपना भै बतास गाउँछ मोहनी गीत मायाको कथा भै बिर्सन खोज्छु बाडुली लाग्छ मन यो चञ्चल भै हो भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो वारि र पारि दुई किनारमाझ यो खोला बग्दछ तिम्रो र मेरो दुई मुटुमाझ यो माया अल्झेछ खोला भएर जहाँ बगेपनि किनारझैँ साथ रहनेछु हो भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो जन्म हे जन्म पुर्नजन्म म फेरि जन्मुला जन्म हे जन्म पुर्नजन्म म पनि जन्मुला म तिम्रो लागी म तिम्रो लागी फेरि जनम लिउला हे भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो तिम्रो मनमा लुकेको कुरा नभने पनि भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो माया त माया हो


तिम्रै सुन्दर हरियालीमा... ओखलढुंगा / Timrai Sundar Hariyali Ma... Okhaldhunga

➤ Singer – Narayan Gopal

➤ Music – Narayan Gopal

➤ Lyricist – Siddicharan Shrestha


तिम्रै सुन्दर हरियालीमा, तिम्रै सुन्दर वक्षस्थलमा यो कविको शैशवकाल बित्यो, हाँस्यो, खेल्यो, वन-कुञ्ज घुम्यो मेरो प्यारो ओखलढुङ्गा जब म चढेर भावको डुङ्गा, सैर गर्छु स्मृतिको प्रिय गङ्गा स्वप्न गगनबाट सुशीतल जल, सुख स्मृतिको बर्सन्छ रिमझिम मेरो प्यारो ओखलढुङ्गा। कुसुमाकरको आँचल पक्री, मलाई कति खोज्दी हुन् प्रकृति मृगशावकहरू उफ्री-उफ्री, तरु-लतिकाहरू हल्ली-हल्ली मेरो प्यारो ओखलढुङ्गा। ती अविरल परिश्रमी पतकर, द्रुतगामी निर्झरतुल्य चपल बहँदै वन-वनमा चारैतिर, खोज्दा हुन् मेरो पदको पथ मेरो प्यारो ओखलढुङ्गा तामाकोशी, त्यो सुनकोशी, त्यो गिरि फोरी बहने रोसी मेरो हृदयको तिम्रो चित्र, पारिरहन्छ हरदम पवित्र भाग्यलहरमा लहरी-लहरी, पुगेँ म यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति, लेखिएको छ यो हृदयभरि मेरो प्यारो ओखलढुङ्गा।

दुईटा फूल देउरालीमा / Duita Phool Deuralima

➤ Singer – Narayan Gopal

➤ Music – Narayan Gopal

➤ Lyricist – Ishwor Ballav


दुईटा फुल देउरालीमा साथै राख्यौंजस्तो लाग्छ, 

कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ

देखें जस्तो पनि लाग्छ बोलेँ जस्तो पनि लाग्छ, 

कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ

दुइटा फुल देउरालीमा...


गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो, टल्किने त्यो निधारमा पसिना

सुकाइ दिएँ जस्तो लाग्छ पात हम्की पीपलको, बिसौनीमा जिन्दगीको पसिना


लत्रेका ती परेलीको सम्झना छ जस्तै लाग्छ, 

कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ

दुइटा फुल देउरालीमा...


राती फुल्ने फुल टिपी सिउरी दिएँ जस्तो लाग्छ, कुनै रात बसेको त्यो बासमा

ओत मुनि आकासको छायाँ मुनि धरतीको, रात मुनि बसेको त्यो बासमा


बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ, 

कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ

दुइटा फुल देउरालीमा


Comments

Popular posts from this blog

List of Gotra and Thari

Gotra is the clan system. Generally, it's the group of people of several generations who are the descendants of an unbroken male line from a common male ancestor.  At birth, children get gotra from their father. But a girl gets transfer to her husband's gotra after her marriage. We can also see some rare examples of people changing their gotra doing some rituals. It is said that the great king of Nepal Prithibhi Narayan Shah(1723-75) went to Banaras, India, and changed his Gotra from 'Bharadwaj' to 'Kasyap' to remain free from the sin of ‘Gotra Hatya’(killing of own clan) during the unification of Nepal.

Madhya Pahadi Lokmarga, fast track etc

Mid-hill highway (मध्य पहाडी लोकमार्ग / Madhya Pahadi Lokmarga) is a under-construction highway in the hilly regions of Nepal which will run all the way from Chiyabhanjyang (Panchathar) in the east to Jhulaghat (Baitadi) in the far-west for about 1,765 kms. This highway will run somehow parallel to the present East-West Highway (1,024 km) which runs through plain area. About 1,000 kms road of Mid-hill hw is already in existence in different names whereas above 750 kms is new construction for which all tracks have been opened already.