१ (अ-अ:), २ (क-ङ), ३ (च-ञ), ४ (ट-ण & त-न), ५ (प-म), ६ (य-ज्ञ)
य-स-ज्ञ (25)
यति धेरै मायाँ दिई / Yeti Dherai Maya diyi
➤ Singer: Narayan Gopal (solo)/ Aruna Lama (solo)
➤ Music: Deepak Jangam
➤ Lyricist: Deepak Jangam
यति धेरै माया दिई मन भरी दु:ख नदेउ
बाटो वर पर फुल्ने पलास टिपि शिरमा नलाउ
यति धेरै माया दिई
जो भाग्यमा कोरिएका सुख दु:ख स्विकार्य छन
केही तिता पल, केही मिठा पल, सबै सबै स्विकार्य छन
यी हातहरु अस्वस्थ छन, भो सान्त्वना मलाइ नदेउ
यति धेरै माया दिई
यो बाटोमा कति काँडा कति फुल टिपि हिँडें
कति पराइ आफ्ना देखें, कति आफ्ना पराइ भेटें
यो जिन्दगीको मोडमा भो साहरा मलाइ नदेउ
यति धेरै माया दिई
यति चोखो यति मिठो / Yeti Chokho Yeti Mitho
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
यति चोखो यति मीठो दिउँला तिमीलाई माया
बिर्सनेछन् साराले पुराना प्रेमका कथा
मेरो सारा जीवन सबै तिमीलाई
मीठा-मीठा क्षणहरू सबै तिमीलाई
मेरो खुसी मेरो सुख सबै-सबै तिमीलाई
आँखाभित्र बस्नू तिमी छातीमा निदाउनू
सपनीमा पनि मलाई सुस्तरी चियाउनू
सधैं सधैं तिमी मेरी माया बनी आउनू आउनू
यसैगरी बिताई दिन्छु / Yasai Gari Bitai Dinchhu Dui Dinko
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Kali Prasad Rijal
यसैगरी बिताई दिन्छु, दुई दिनको जिन्दगी
हाँसो म लुटाई दिन्छु, आफू आँसुमा डुबि
भिँड छ, म भिँडमा आफुलाई बिलाई दिन्छु
बिर्सी दिन्छु आफुलाई, खोज, म हराई दिन्छु
कि त लुकि यतै-कतै रोइदिन्छु सुस्तरी
च्याती दिन्छु आफूलाई, बाली दिन्छु साँझमा
फाली दिन्छु आफुलाई दिनहरुको माझमा
गाई दिन्छु गित आफ्नो आफैलाई नै पिई
यहाँ बाँच्ने हर दिवानालाई / Yaha Bachne har... (Movie: Meetjyu)
➤ Singer – Narayan Gopal
➤ Music – Gopal Yonjan
➤ Lyrics – Gopal Yonjan
यहाँ बाँच्ने हर दिवानालाई, आफ्नो आफ्नो स्वार्थ प्यारो छ यहाँ मायाँ गर्ने को छ र, यहाँ मायाँ पाउनै गार्हो छ
यो सम्झिने मन छ / Yo Samjhine Man Cha Ma Birsu Kasori
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal
➤ Lyrics – Dinesh Adhikari
यो सम्झिने मन छ, म बिर्सु कसोरि
तिमी नै भनिदेउ ए जाने निठुरि
यी औंला तीनै हुन तिमीले चुमेका
परेली यीनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
पखाले यी आखापनी दृश्य उहि छ
जहाँ नै म हिडे पनि धर्ती उहि छ
न सक्छु म आकश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यलो नै छेक्न
यो कस्तो व्यथा हो / Yo Kasto Byatha Ho
➤ Singer – Narayan Gopal
➤ Music –
➤ Lyrics – Ishwor Ballav
यो कस्तो व्यथा हो, लिएर मनमा
हिँडिरहेछु हिँडिरहेछु
यी भत्किरहेका.. पाइलालाई सोधेँ
के भो भनेर, केही हैन भन्छन्
यी चर्किरहेका.. भित्तालाई सोधेँ
के भो भनेर, केही हैन भन्छन्
यी सल्किरहेका.. आगोलाई सोधेँ
के भो भनेर केही हैन भन्छन्
यो कस्तो रहर हो, बोकेर एक्लै
हिँडिरहेछु हिँडिरहेछु
यो भाग्यले कस्तो खेल मानिसको / Yo Bhagyale Kasto Khel
(V:Narayan Gopal , M:Divya Khaling)
यो मुटुलाई कसरि / Yo Mutulai Kasari Samjhau (Movie: Dakshina, 1994)
(V: Narayan Gopal , M: Ranjit Gazmer , L: Kushum Gazmer/ Tulsi Ghimire)
यो मौसम यो हरियाली / Yo Mausam Yo Hariyali
(V & M: Narayan Gopal L: Kiran Kharel)
लौ सुन म भन्छु / Lau Suna Ma Bhanchhu Mero Raam Kahani
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एकदिनको घाम सयौं दिनको पानी
म उठ्दा आकासले मलाई थिचिदिन्छ,
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोए यो आँसु रित्याऊँ भनेर,
तर आँसुले नै मलाई नै बगाउँछ
यो बिधवाको सिँउदो कि मेरो जवानी,
त्यो एकदिनको घाम सयौं दिनको पानी
तेरो आस्वासनमा मैले बाँची हेरें,
मैले आगोमाथि पनि नाची हेरें
जीवनलाई चारैतिरबाट हेरें,
केवल म पुरानो सबै नौले पाएँ
यही गीत साँचे पछिलाई निसानी,
त्यो एकदिनको घाम सयौं दिनको पानी
लुकुं लुकु लाग्यो मलाई / Luku Luku Lagyo Malai (Movie: Sindoor, 1980)
(V: Narayan Gopal / Tara Devi)
सगर भरि छाती चिरी चिरी पहाडबाट आएँ / Sagar Bharu Chhati
(V: Narayan Gopal, M: Gopal Yonjan, L: Laxmi Prasad Devkota)
सबलाई रिझाउँ भन्दा पसलमा बेचिएछु..मेरो कोहि भएनन्, सबैको म भएछु/ Sablai Rijha Bhanda
(V: Narayan Gopal,)
संगाल घुम्टोहरु / Sangala Ghumto Haru
➤ Singer – Narayan Gopal
➤ Music – Gopal Yonjan
➤ Lyricist – Nagendra Thapa
संगाल घुम्टोहरु, सजाऊ केशहरु
म आँए आँधी बोकेर, सम्हाल वेगहरु
आँधीले उडाईदेला, लाजका ति पर्दाहरु
बतासले खोसिदेला, ओठका ति हाँसोहरु
यो आँधीलाई ख्याल सम्झी, नछोड दृस्टीहरु
आँखा मै सुकीजाला, लुकेका बृष्टिहरु
गाउछु म सुसेलीमा, भरिया यी व्यथाहरु
म आएँ आफ्नै भनि, बोकेर चिनोहरु
लुकाऊ प्यारा प्यारा, कलिला वैशहरु
सँधै नै म हाँसे तिमीलाई रुवाई / Sadhai Ma Hasi Timilai
साउनको झरी बनी तिमि आउन/ Saun ko Jhari
(V & M: Narayan Gopal, L: Deepak Jangam)
सानै हुरीमा बैंशको सपना / Sanai Hurima Baisako Sapana
(V: NG, L: Bhupi Sherchan)
सारा दिन अरुलाई बाँडे शायद ती रात मेरा / Sara Din Arulai Bade
सिरीमा सिरी नि कान्छा बताश चल्यो/ Siri Ma Siri Ni Kanchha
➤ Singer: Narayan Gopal & Gyanu Rana
➤ Music: Dharmaraj Thapa
➤ Lyricist: Dharmaraj Thapa
सिरीमा सिरी नि, कन्छा, बतासै चल्यो बाबरी फूलको बासन, सुन मेरो निर्माया मायालु आयो नि, कन्छा, फाल र हान्दै नबोले पनि हाँस न, सुन मेरो निर्माया
ढुङ्गाको छानो नि, कान्छी, टिनको छानो
नौतले घरको बाहाँसम्म, सुन मेरी निर्माया
तिम्रो र हाम्रो नि, कान्छी, भेट र घाटैमा
यो मया लैजाऊँ कहाँसम्म? सुन मेरी निर्माया
उकाली ज्यानको त्यो चिसो पानी गोगनपाते पिउँला
फूल गाँसेर देउतालाई दिउँला, जोबन कल्लाई दिउँला?
बाढीमा आयो नि, कान्छा, मर्स्याङ्दी गङ्गा
वारि है पीपल, पारि वर, सुन मेरो निर्माया
नमरी बाँचे नि, कान्छा, कालले साँचे
त्यो माया लाउँला जनमभर, सुन मेरो निर्माया
दिनै र भरि घाँसै र काट्यो कोइरालो र टाँकी आधी र बैँस यसै र गयो, आधी रह्यो खाली घासै र काट्यो नि, कान्छी, गोगनेडाली सेपिलो ठाउँमा साप होला, सुन मेरी निर्माया बोलेर मात्रै नि, कान्छी, के फाइदा हुन्छ? रिसानी भए माफ होला, सुन मेरी निर्माया
सेरो र फेरो मेरो, अँध्यारो पारी गयौ, सुकाई मूल फूल निमोठी फ्याली गयौ/ Sero Ra Fero Mero
(V&M: Narayan Gopal, L: Ratna Shumsher Thapa)
स्वर्गको रानी मायाकी खानी/ Swargako Rani
(V: Narayan Gopal, M: Narayan Gopal, L: Ratna Shamsher Thapa)
श्रद्धाको फूल चढाई दिनु आएर लासमा / Shradhako Phool Chadhai Dinu
शिखर भने कहाँ अझै कति टाढा, अहिले सम्म जाँदैछु म एक्लै डाँडा काँडा/ Shikhar Bhane Kaha
हिमाल सरि म / Himal Sari Ma Agli Rahechhu (Movie: Kanchhi, 1984)
➤ Singer: Narayan Gopal & Aruna Lama
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
हिमाल सरि म अग्लि रहेछु,
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु,
सम्हाल, सम्हाल, सम्हाल मलाई
यि तारा कति छन् म गन्न सकुँला,
तर तिम्रो माया कति छ नसोध
जहाँ बरले पिपल अङ्गालेर बस्छ,
तिम्रो मेरो साइनो त्यतै तिर खोज, त्यतै तिर सोध
दुलही सरि म रंगिरहेछु
उचाल, उचाल, उचाल मलाई
म खोली बनेर सुस्तरी आँउला,
तिम्रो सागरमा केही ठाउँ देउ
तिम्रा सारा तृष्णा मै मेटिदिउँला,
मलाई तिमी मै समेटिन देउ, समेटिन देउ
आकाश सरि म फैलिरहेछु
अंगाल, अंगाल, अंगाल मलाई
हे मेरी मुना / He Meri Muna
(V: Narayan Gopal, M: Chandra Raj Sharma, L: Laxmi Prasad Devkota)
Comments
Post a Comment