१ (अ-अ:), २ (क-ङ), ३ (च-ञ), ४ (ट-ण & त-न), ५ (प-म), ६ (य-ज्ञ)
अ - अः (14+1)
अल्झेछ क्यारे पछ्यौरी तिम्रो / Aljhechha Kyare Pachheuri Timro
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Bhupi Sherchan
अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा
बल्झेछ क्यारे, सिमलको काँडा, कलिलो खुट्टामा
आउँथ्यो कि चेली, भनेर आमा, दोबाटो धाएकी
तीजमा पनि, बिर्सिछ क्यारे, गरिब माईती
सल्ला झैं आमा, सुसाई रहिन्, एक्लै कोठामा
छोरीलाई आषिस थाप्न पाईन अन्तिम कालैमा
भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा
त्यहि आँशु टिका पठाईदिऊँ कि सालको पातमा
भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला
दिनभरी काग कराई रह्यो बेलको ठुटामा
अहिले सम्म बाँचेका मेरा / Ahile Samma Bacheka Mera
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Gopal Yonjan
अहिले सम्म बाँचेका मेरा बियोगलाई
निधर्क्क निधर्क्क आएका बर्ष हरुलाई
जसरी निलेको छ सुन्यले यो रातलाई
त्यस्तै निलेको छु मैले मेरो जवानीलाई
मिलेको छ आजले ब्यर्थै अतितलाई
त्य्स्तै पिएको छ आखाले आँसु हरुलाइ
अहिलेसम्म बाचेको ...
अब तिम्रो मायाको केही अर्थ छैन मलाइ
जस्तै स्पर्शको आभास हुदैन ढुङ्गालाई
थुपारी दिएको छु ब्यर्थै पिडाहरुलाई
सदा साँझ शरीर भर दिने लासहरुलाई
अहिलेसम्म बाँचेका...
अपराध गरेँ अन्जानमा मेरो भुल स्विकारी दिन्छु
➤ Singer – Narayan Gopal
➤ Music –
➤ Lyrics –
आँखा छोपी नरोऊ भनि / Aankha Chhopi Narou Bhani
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal
➤ Lyrics – Kali Prasad Rijal
आखाँ छोपि नरोउ भनि भन्नु पर्या छ
मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ
भोलि उठि कहाँ जाने केहि थाहा छैन
फर्कि आउने हो कि होइन केहि थाहा छैन
बाचा छिटै आउछु भनि गर्नु पर्या छ
छाति भरि गाउँ बेसि पखेरिको छाँया
आँखा भरि मेला पात मायालुको माया
आफैलाइ छाडि कतै जानु पर्या छ
भन्ने कुरा कति थियो, छाति भित्रै रह्यो
परेलिका ओठबाट आँशु झरि रह्यो
कुल्चिएर आफैलाइ हिँड्नु पर्या छ
आज भोलि हरेक साँझ / Aja Bholi Harek Saajh
➤ Singer – Narayan Gopal
➤ Music – Bhim Birag
➤ Lyrics – Bhim Birag
आज भोलि हरेक साँझ मात्तिन थलेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ
रहरै रहरमा पिएँ बिबश भएर पिएँ
दुखमा पिएँ सुखमा पिएँ,
पिउँदिन पिउँदिन भन्दै पिएँ
आजभोली जिन्दगानी छोट्टिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ
मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
नाचेर पिएँ हाँसेर पिएँ,
एकान्तमा कहिलेकाहीँ रुँदै पिएँ
आज भोलि हरेक रात रक्सिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ
आज भोलि दुख्दैन गोडा / Aja Bholi Dukhdaina Goda
(मालती मंगले)
➤ Singer – Narayan Gopal
➤ Music –
➤ Lyrics –
आज र राति के देखें सपना / Aaja Ra Rati Ke Dekhi Sapana
➤ Singer – Narayan Gopal
➤ Music – Natikaji
➤ Lyrics – Madhav Ghimire
आजै र राति के देखे सपना मैं मरि गएको
बतास बिमुख हांगाको फूल भइ झरी गएको
मर्स्याङ्ग्दि नदी नरमाइलो सुसाइरहेको
कहाँ हो कहाँ बादलभित्र म रोइ रहेको
वारी र पारी घाम र छाया माझैमा पियार
संसारमा जन्म दियर ईशवर बैंसमा नामार
आजै र राती के देखे सपनामै मरी गएको
बतास बिमुख हांगाको फूल भई झरी गएको
आँखाको भाका / Aankhako Bhaka
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Ratna Shamsher Thapa
आँखाको भाका आँखैले, राम्ररी बुझी सम्झनु
सुटुक्क दिउँला म मन, कसैलाई तिमि नभन्नु
आँखैमा कसैको तस्बिर बसेछ / Aankhaima Kasaiko Tasbir Basechha
➤ Singer: Narayan Gopal, Mira Rana
➤ Music: Sambhujeet Baskota/Natikaji
➤ Lyricist: Neer Shah
आँखैमा कसैको तस्बिर बसेछ,
तस्बिर बनेको छ मायाँको नमेटिने रंगले
यो मन कसैको रुपमा फँसेछ,
सपनीमा जस्तै अनायसै नजानिदो ढंगले
के भन्छ मुटुको ढुकढुकीले, शायद तिम्रै नाम लिदैछ
चोखो मायाँको बन्धनलाई, दिगो राख्ने विश्वास दिँदै छ
मिलि जुली हेहे झिली मिलि जीवनको बत्ति बालूं कि
बिश्व भरिको इश्वर अगाडी सिउँदोमा सिन्दुर हालूं कि
आमा तिमीलाई जंगल भरि नै / Aama Timilai Jangal Bhari Nai
➤ Singer: Narayan Gopal
➤ Music:
➤ Lyricist:
(आमा तिमीलाई, जंगल भरि नै, हाँगाको औँलाले) x2
(उभ्याउन खोज्छिन्) x2
त्यही समाई आउ, आँसु नबहाउ, तिमी मुस्कुराउ
(उनी ठानी दिन्छिन्) x2
आमा तिमीलाई, जंगल भरि नै, हाँगाको औँलाले
(शिर त्यो उठाउ, आँखा माथि लाउ,
चन्द्र सूर्य झण्डा, आकाशमा बहाउ) x2
(तिमी यश कमाउ, देशलाई सजाउ,
आमा तिमी बाट, यही आश गर्छिन्) x2
(आमा तिमीलाई, जङ्गल भरी नै, हाँगाको औँलाले) x2
(उभ्याउन खोज्छिन्) x2
त्यही समाई आउ, आँसु नबहाउ, तिमी मुस्कुराउ
(उनी ठानी दिन्छिन्) x2
आमा तिमीलाई, जंगल भरि नै, हाँगाको औँलाले
(हाँगाको औँलाले) x2
ईश्वर तैंले रचेर फेरी / Ishwor Taile Rachera Feri Kasari Bigaris
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Laxmi Prasad Devkota
ईश्वर तैंले रचेर फेरी कसरी बिगारीस् ?
सृष्टिको फुल रोपेर तेस्तो कसरी लतारीस् ?
ती फुल हरे मलाई दिई कसरी पछारीस् ?
हे दिदी, मैले ती मुना देख्दा मुनाको मुहार
ती मुना पनि मर्दछन् जस्तै भन्ने थिएन बिचार
मुना छातीको जुहार
पृथ्वी तिर नहेर मुना म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु
प्रेमको हिरा छुटेको तल म लिई म आउँछु
(कसरी खायो आगोले दिदी कमलको शरीर
कसरी खायो आगोले दिदी कमलको शरीर)२
म यहाँ बस्दिंन अब, म यहाँ बस्दिंन
एउटा मान्छेको मायाले कति / Euta Manche ko Mayale Kati
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Chandani Shah
एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा
शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
अँध्यारो औंसीको रातमा पनि बल्दछ दियो बिश्वासको
नयनभरिको आँसुमा पनि बसेको हुन्छ तस्वीर त्यो
हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो
बिछोड हुँदाको दुखमा पनि भरोसा हुन्छ मिलन को
झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ साहराको
मायालु बिनाको हुँदो हो कति उराठ लाग्दो संसार यो
पिरती बिनाको हुँदो हो कति निरास एक्लो सम्झना यो
ए कान्छा ठट्टैमा यो जोवन / Eh Kancha Thattai Ma Yo Joban
➤ Singer – Narayan Gopal & Tara Devi
➤ Music – Narayan Gopal
➤ Lyricist – Ratna Shumsher Thapa
ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो
जादैन वाचा खेर, पर्ख लिन आउला
मिर्मिरे उषामा, औठी साट्न आउनु
सिरमा रेशमी फेटा बाँधी आउनु
अमुल्य हीरालाई, फुलैफुलको डोली
बाजालाई अघि लाई, बैशाखैमा आउला
ओभानो सिउदोमा, सिन्दूर छरीदिउला
सुनको चुराले, नाडी सजाई दिउला
सितारा जडेको, घुम्टो म ओढी
सुस्तरी,लाजले निहुरी म आउला
Lyrics
ए मलाई मायाँ गर्छु भन्नेहरु / Ye Malai Maya Garchhu
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
ए मलाई माया गर्छु भन्ने हजुर, कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइँ पुगेन मलाई, बरु आई मलाई सताउने गर
भावनामा नआऊ तिमी , यादमा नआऊ
तन्नेरीको सपनाजस्तै विस्वादमा नआऊ
प्रीतिको फूल टिप्नुपर्छ भने, काँडा देखि डराई नभाग्ने गर
मान्छे के के भन्छन् तिमीलाई , मनले के के भन्छ
साँचो साँचो कुरा भन तिमी ती सबैले सुन्छ
नलुकाई मनका सारा विम्बहरु, मन खोली मलाई देखाउने गर
--------------------------
उदास मेरो जीवन कथा कसैलाई भनिन / Udas Mero Jeewan Katha
➤ Singer: Aruna Lama
➤ Music: Narayan Gopal
➤ Lyricist: Bhairabnath Rimal
उदास मेरो जिवन कथा कसैलाई भनिन
यो जन्मभरी सहेको व्यथा, त्यो पनि भनिन
वेदना मेरो झन् शुन्य केवल पहरा सुसाई
साहारा बिना जिन्दगी देख्ने छन् जुन विझाई
जिवनदर साँघुरिगयो परन्तु को देख्छ
आफन्तलाई सम्झना रहे परन्तु जो देख्छ
कपुर जस्तो जिवन दिन-दिन उड्दछ अनन्त
औँशीको रात विपतको खेल खेल्दछ बसन्त
विरही वनमा भौँतारि खेल्छु खोजेर सृजना
निराश मेरो जिन्दगी देख्छु के मेट्छु तिस्रना
Comments
Post a Comment